
शनिवार , बैशाख ४, २०७८
बुटवल, ४ वैशाख ।
रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदहको डिआरआर भिजिट तथा तेस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाका अध्यक्ष गोपाल ज्ञवालीले एक कार्यक्रमकोबीच उद्घाटन गर्दै सामाजिक कार्यमा युवाहरुको अगुवाई जरुरी रहेको बताए । देश विकासको मेरुदण्डका रुपमा रहेका युवाहरुलाई प्रयोग गर्ने मात्र नभइ नेतृत्वको जिम्मेवारी दिने र क्षमता विकासमा अगाडी बढाउने काम सामाजिक संस्थाहरुबाट भएको उनले दावी गरे । समयसापेक्ष संख्यात्मक रुपमा धेरै सदस्य बढाउने भन्दा पनि गुणात्मक काममा अगाडी बढ्न उनले क्लबहरुलाई सुझाव दिए ।
रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङले कोभिड–१९ को विषम परिस्थितिमा पनि सबैको सहकार्य र अग्रसरतामा २५ वटा भन्दा धेरै सामाजिक कार्यहरु गर्न सफल भएको बताए । टिम वर्क र वार्षिक कार्यलाई आत्मसात गर्दा सफलता मिलेको उनले बताए ।
कार्यक्रममा डिआआर सन्जिव पौडेलले अन्य समय भन्दा निकै विषयम परिस्थितीमा क्लब एक्टिभमात्र नभई आवश्यकता अनुसार सचेतना जगाउने मात्र नभई अन्य धेरै कार्यमा अग्रसर भएर नमुना काम भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा रोटयाक्ट क्लब अफ तिलोत्तमाका पुर्व अध्यक्ष बिक्रम क्षेत्री, सुभाष केसी, क्लबका पूर्वअध्यक्ष माधव आचार्य, एडिएस लक्ष्मण खरेल, आईपिपि दिपेश अर्याल, सचिव रमा गैरेले नेतृत्व विकाससंगै सहकार्यमा जोड दिइ अघि बढ्न क्लबबाट सिकाई हुने गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij