२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

जलवायु परिवर्तनको असर : तराईमा खेती गर्न मुस्किल पर्दै

सोमवार , भाद्र ३०, २०८२

  • 610
    Shares
  • 610
    Shares
  • भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका ३ परासीझुङ्गाका कृषक चन्दभान यादवले १२ बिगा खेतमा धान रोपेका छन्  । असारको अन्तिममा धान रोपेर सकाएका यादवलाई यस पटक धान रोप्नका लागि निकै समस्या भोग्नु पर्यो । ‘समयमै धानरोपेर सकौँ भन्नका लागि सिचाई सुविधा छैन, आकाशको पानी भर पर्दा असार अन्तिममा बल्ल धानरोपेर सकियो’ यादवले भने –‘यस्तै खालको खडेरी पर्यो भने अर्को वर्षबाटखेती गर्ने पैसाले चामल किनेर खान पर्छ जस्तो लागेको छ ।’

    मौसममाआएको फेरबदलले किसानलाई ठुलो समस्या परेको यादवको भनाई छ । ‘१०,१५ वर्ष अगाडिसम्म असारमा  झम झम पानी पर्थ्यो, खेतिपाती गर्न पनिसजिलो थियो, खेताला पनि पाइन्थ्यो, अहिले न खेताला पाइन्छ, नत खाद नै पाइन्छ, यादवले गुनासो गरे ‘खै यसरी त कसरी खेती गर्न सकिन्छ होला र ।’ 

    दुई वर्ष धान स्याहार गर्ने बेला आएकोपानी सहितको बाढीले १२ बिगाहा मध्ये ८ बिगाहा खेतको धान खेतमै कुहिएको यादवकोसम्झना छ । यस बर्षपनि वर्षा याममा नआएर हिउँदमा खेती स्याहार गर्ने बेलामा पानीआउने हो कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ । 

    रुपन्देहीका धेरै किसानको अवस्था यादवको जस्तै छ । जलवायु परिवर्तनकोप्रत्यक्ष मारले रुपन्देहीका किसानहरूलाई खेती लगाउनेदेखि खेती भित्राउँदा सम्मदुःख दिने गरेको पाइन्छ । पछिल्लो केही वर्ष यता अनियमित रूपमा हुने वर्षा, लामो खडेरी तथाबाढीजस्ता कारणले कृषि उत्पादनमा ह्रास ल्याएको कृषकहरूको भनाई छ । 

    रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ वेतकुइयाँका कृषक रामनरेश चौधरीलेबर्सेनि जसो मौसमले धोका दिँदा कृषकहरूको जीवन थप कठिन बन्दै गएको बताउँछन् । उनलेमौसमका आएको परिवर्तनका कारण कहिले समयमै खेती लगाउन पाईदैन् भने कहिले खेती स्यारगर्ने बेला आउने बेमौसमी पानीले खेती डुवाउने गरेको बताउँछन् ।

     ‘गत वर्ष काटेर स्याहार गर्नठिक्क पारिएको धान खेतमा आएको बाढीले कामै नलाग्ने गरी डुबेको थियो, यस्तो भएपछि कसरीखेत किसानी गर्ने, हामीलाई जस्तो चोट कसलाई पर्छ होला ।’ चौधरीले भने ‘अहिलेचापाकल सबै सुकेर खानेपानीको समेत अभाव हुन लाग्यो ।’

    आकाशे पानीको भरमा खेती

    धकधई तथा मर्चवारको ठुलो भाग सिँचाइ सुविधाविहीन रहेको छ । आकाशे पानीमानिर्भर खेती प्रणालीमा पानीको अनियमितताले बिउ जम्ने देखि बालीनाली पाक्ने चरणसम्मअसर पार्ने गरेको कृषि वैज्ञानिक राजेन्द्रप्रसाद यादवको अनुभव छ । 

    पहिले पहिले असार १५ मा अधिकांश किसानले धान रोपाई सकेर हिलो पखाल्नेगर्दथे, तर अहिले त्यस्तोअवस्था छैन, यादव भन्छन् –‘अहिले त असार १५ मा पनि किसानहरू कति बेला पानी पर्ला ररोपाइँ गरौला भनेर आकाश तर्फ हेरेर बस्न बाध्य छन् ।’ 

    ‘नेपाल एक कृषि प्रधान देश हो, जनसङ्ख्याको ठुलो हिस्सा कृषि पेसामा निर्भरछ तर, पछिल्ला वर्षहरूमाजलवायु परिवर्तनले नेपालको कृषि प्रणालीमा नै गंभिर असार पारेको छ ।’ यादव भन्छन् ‘जलवायुपरिवर्तनले वर्षा प्रणालीमा अनियमितता, तापक्रममा वृद्धि, किरा र रोगकोबढोत्तरी र पानीको सङ्कट गहिरिँदै गएको छ ।’ 

    रुपन्देही जिल्लाको जम्मा क्षेत्रफल १ लाख २९ हजार ७४९ हेक्टर रहेको छ ।त्यसमध्ये ८२ हजार ६ सय २२ हेक्टर खेतियोग्य जमिन रहेको कृषि ज्ञान केन्द्ररुपन्देहीको तथ्याङ्कमा उल्लेख छ । रुपन्देहीमा ८० हजार १२२ हेक्टरमा खेती गरिएकोकार्यालयका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । 

    कार्यालयले दिएको तथ्याङ्क अनुसार रुपन्देहीमा १ लाख ४५ हजार ९५३ कृषकपरिवार कृषि कार्यमा संलग्न रहेका छन् । खेतीयोग्य क्षेत्रफलको तुलनामा ७२ प्रतिशतअर्थात् ५७ हजार ९८९ हेक्टर मात्र सिंचित क्षेत्रफल रहेको प्रमुख अर्यालको भनाई छ । 

    रुपन्देहीमा सन् २०१३ मा ७० हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । ७०हजार हेक्टरमा ३ लाख १९ हजार ६९५ मेट्रिक टन धान उत्पादन हुने गरेको प्रधानमन्त्रीकृषि आधुनिकीकरण परियोजना, रुपन्देहीले जनाएको छ । परियोजनाका अनुसार सन् २०२४ मा ६० हजार ३८२हेक्टरमा धान खेती हुँदा २ लाख ७८ हजार ३७४ मेट्रिक टन धान उत्पादन भएको छ । सन२०१३ मा प्रति हेक्टर ४ दशमलव ५७ मेट्रिक टन उत्पादकत्व दर रहेकोमा त्यो बढेर २०२४मा ४ दशमलव ६१ पुगेको छ । 

    विगत १० बर्षको धान उत्पादन र उत्पादकत्व :

    aaaData.jpg
    विगत १० बर्षको धान उत्पादन र उत्पादकत्व :

    वर्षा प्रणालीमा आएको अनियमितता तथा खेतीयोग्य जमिन मासिँदै जाँदा धानरोप्ने खेत (जमिन) घट्दै गएको परियोजनाका रुपन्देही प्रमुख नारायण काफ्ले बताउँछन्। उनका अनुसार मनसुनको समय अनिश्चित बन्दै जाँदा कृषि क्षेत्रमा असर पर्दै आएको छ  । 

    कहिले ढिलो वर्षा, कहिले भारी वर्षा त कहिले सुख्खा भइरहेको छ, उनले भने ‘यसले बालीरोप्ने र भित्राउने समय तालिकालाई पनि अस्तव्यस्त बनाएको छ ।’ 

    कृषकको खर्च बढ्दो, आम्दानी घट्दो

    पानीको अभाव हुँदा किसानहरू निजी मोटरबाट पानी तान्न बाध्य छन्, जसले उनीहरूकोउत्पादन लागत बढाएको छ । अर्कोतर्फ, बजारमा उत्पादन बेच्न पाउने उचित मूल्यकोअभावले उनीहरू आर्थिक सङ्कटमा छन् । कृषक चन्द्रभान यादव भन्छन्, ‘बिउ, मल, विषादी सबै महँगो छ, पानीको पम्प चलाउनपेट्रोल खर्च पनि बढ्यो । तर बालीको मूल्य उस्तै छ, घाटा त हामीले नैखानुपर्छ ।’ 

    समयमै पानी पर्न नसक्दा किसानहरू पम्प सेट लगाएर खेती गर्न बाध्य छन् । ३/४ सय मिटरसम्म बोरकोपाईप तानेर खेती गरिरहेको यादवको भनाई छ । 

    रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष बिद्याप्रसाद यादवले किसानकोसहजताका लागि बिउ बिजन, मल तथा पम्प सेट लगायतको सहयोग गरे पनि त्यो पर्याप्त नभएको बताए । ‘हामीलेहाम्रो तर्फबाट त कोसिस गरिराखेका छौँ, तर सिचाइको पर्याप्त प्रबन्ध हुन नसक्दाकिसानहरू ठुलो मर्कामा परेका छन्, ।’ यादव भन्छन् ‘जलवायु परिवर्तनको असरका कारणअन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि ठुलो समस्या आएको छ ।’

    विकल्प खोज्न बाध्य किसान

    परम्परागत खेती छाडेर कतिपय किसान हरित गृह प्रविधि, सिँचाइ यन्त्र वामौसम अनुकूल बालीतर्फ आकर्षित हुन थालेका छन् । तर सबै कृषकसँग यस्ता प्रविधिमालगानी गर्ने हैसियत छैन । कतिपय त खेती नै छाडेर वैदेशिक रोजगारी वा सहर पलायन हुनथालेका छन् । 

    नेपालको कृषि प्रणाली मुख्यतया मौसमी वर्षा र तापक्रममा आधारित छ । तर, हालको जलवायु परिवर्तनकाकारण परम्परागत बाली प्रणालीमा ठूला परिवर्तनहरू देखिन थालेको राष्ट्रिय गहु बालिअनुसन्धान परिषद्का कृषि वैज्ञानिक राजेन्द्र प्रसाद यादव बताउँछन् । 

    “पहिला निश्चित समयमा रोपाइँ रकटाइ हुने बालीहरू अब अनिश्चित मौसमका कारण ढिलो वा चाँडो गर्नुपर्ने भएको छ ।यसले परम्परागत धान मकै गहुंको खेती प्रणालीमा अवरोध ल्याएको छ, ।”  यादवले भन्छन्  “पहिला पहाडी क्षेत्रमा हुने बालीहरू अहिले उच्चपहाडी क्षेत्रतिर सर्न थालेका छन, जस्तै–मकै र कोदो अब अझै उचाइमा उब्जिन थालेकाछन्। तापक्रम वृद्धि र वर्षाको अनियमितताका कारण यस्तो अवस्था आएको हो ।”  

    रुपन्देही लगायत तराई तथा पहाडका जिल्लामा जलवायु परिवर्तनका कारण धान, गहुँ, कोदो, फापरजस्ता परम्परागतबालीहरू विस्थापित हुँदै गएको देखिएको छ । पछिल्लो समय कोदो, फापर, आलस, मसुरो लगायतका अन्नबाली खेतबारीमा देखिन छाडेका छन् । किसानहरूले नयाँ बालीहरू तरकारी, फलफूल, उच्च मूल्यका नगदेबाली रोज्न थालेका छन् ।

    बाली प्रणालीमा आएको परिवर्तनले आन्तरिक खाद्य आपूर्तिमा असन्तुलन ल्याउनथालेको छ विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार आयातमा अझै निर्भरता बढ्न सक्नेसम्भावना बढ्दै गएको छ । 

    स्थानीय जातको संरक्षणमा चुनौती

    उच्च उत्पादक हाइब्रिड तथा सुधारिएको जातहरूको प्रयोग बढ्दै गएकाले स्थानीय जातहरू विस्थापित भइरहेका छन् । जलवायु परिवर्तनको समयमा स्थानीय जातहरूजलवायु सहनशीलता, पोषण, सांस्कृतिक महत्त्व, र जैविक विविधताको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण छन् । यिनीहरूकोसंरक्षण, पुनः प्रयोग रप्रवर्द्धन नगरेसम्म दीर्घकालीन खाद्य सुरक्षा र वातावरणीय सन्तुलनमा चुनौतीआइरहने कृषि वैज्ञानिक यादवको भनाई छ । 

    उनका अनुसार खेतीयोग्य जमिन घर, सडक, उद्योग, र सहरीकरणका कारण घट्दै गएको छ । यसलेबालीको क्षेत्रफलमा पनि कमी ल्याएको छ भने पर्यावरणमा सङ्कट उत्पन्न गरेको छ  ।

    उत्पादन गरेपछि उचित मूल्य नपाउनु, बजारको अभाव, बिचौलियाको हस्तक्षेप, र मूल्यमा स्थायित्वनहुनु किसानका लागि चुनौती रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ का कृषकडिल्लीराम बस्यालको भनाई छ । नेपालमा खेती लागत बर्सेनि बढ्दो क्रममा छ । यसलेकृषकको आम्दानी घटाउने मात्र होइन, कृषिमा निराशा, पलायन, र खाद्य सुरक्षामापनि प्रतिकूल असर पार्ने सम्भावना बढाएको छ, बस्यालले भने ‘मैले अहिलेसम्म जेनतेनखेतीपाती गरे पनि मेरा छोराहरू भने व्यापार गर्नका लागि काठमाण्डौ छिरेका छन् ।मैले नसक्ने भएपछि यी खेतहरू बाँझै हुने हुन कि भन्ने पिरले सताइरहन्छ ।”

    विज्ञहरूका अनुसार खेतीको लागत कम गर्न प्रविधि अनुकूलन, सहुलियत ऋण, सरकारी अनुदान, सामूहिक खेती र जैविकविकल्पहरूतर्फ ध्यान दिनु अत्यावश्यक भइसकेको छ । तर, राज्यको सोचयता तर्फभन्दा पनि कागज मिलाउनेहरूलाई अनुदान दिने तर्फ देखिने गरेको किसानहरूकोगुनासो छ ।