२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

भैरहवाको ‘जीओडी’ मा चोरी

सोमवार , भाद्र ३०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ३० भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मैत्रीपथ (भैरहवा)स्थित गार्डेन अफ ड्रिङ्स (जीओडी) मा गए राती चोरी भएको छ । जिल्ला प्रशासन कार्यालय जाने बाटो नजिकै रहेको रेष्टुरेण्टमा सिसिटिभी क्यामेराको फुटेज हेर्दा राती १२ः२० मा चोरी भएको देखिएको सञ्चालक रमेश कान्दुले बताउनुभयो ।

    ‘राती आएका अन्दाजी ४० वर्षिय एकजना व्यक्ति रेष्टुरेण्टको मूल गेटको ताला फोडेर काउण्टर तोडी यहाँ रहेको करिब १ लाख रुपैयाँ नगद चोरी गरेका छन् । बिहान ९ बजे कर्मचारी रेष्टुरेण्टमा पुगेपछि चोरी भएको जानकारी प्राप्त भयो, ’उहाँले भन्नुभयो । उहाँले ताला गेटमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको बताउनुभयो । 

    गार्डेन अफ ड्रिङ्स (जीओडी) २०८१ मंसिरदेखि सञ्चालनमा आएको थियो । यहाँ १४ जना कर्मचारी कार्यरत छन् ।

    IMG_3656.JPG

    चोरीको घटनामा संलग्न दोषीलाई पत्ता लगाइ प्रहरी–प्रशासनले यथाशिघ्र कानूनी दायरामा ल्याउनुपर्ने चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) की महासचिव एवं प्रवक्ता लक्ष्मी अधिकारीले माग गर्नुभयो ।