२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

इलाका प्रहरी कार्यालय मंगलापुरको पुर्ननिर्माणमा जुटे युवाहरु

सोमवार , भाद्र ३०, २०८२

  • 529
    Shares
  • 529
    Shares
  • भैरहवा, ३० भदौ । जेनजी समूहको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालय मंगलापुर, रुपन्देहीको पुर्ननिर्माणमा युवाहरु जुटेका छन् । तिलोत्तमा गाइजका युवाहरुले तिलोत्तमा नगरपालिका केवालानीमा रहेको इप्रका मंगलापुरको मर्मत तथा पुर्ननिर्माणमा जुटेका हुन् । उनीहरूले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंगरोगन तथा भौतिक निर्माणसम्मको काम अगाडी बढाएको संयोजक पुजन के.सी.ले बताउनुभयो । 

    तोडफोड तथा आगजनीका कारण कार्यालयमा रहेको २१ जना प्रहरीको लत्ताकपडा, पोशाक, कागजपत्र, प्रहरीको गाडी, तीनवटा निजी मोटरसाइकल, भवनको झ्याल ढोका, इलेक्ट्रिक सामान, सि.सिटि.भी., कम्प्युटर, फर्निचर, लगायतमा क्षति पुगेको थियो । कार्यालय तयार नभएपछि अहिले प्रहरीलाई कार्यसम्पादनमा समेत अफ्ठ्यारो भएको छ ।

    अहिले भने तिलोत्तमा गाइजसँगै आएका युवाहरु मिलेर सबै भत्किएको संरचना डेण्टिङ्ग पेण्टिङ्गसहित निर्माणको काम अगाडी बढाइएको तिलोत्तमा गाइजका संयोजक पुजन के.सी.ले जानकारी दिनुभयो ।
    धेरै ठाउँबाट निस्वार्थ रुपमा सहयोग आएको आएको सबैको सहयोगले सो प्रहरी कार्यालय पुरानै अवस्थामा ल्याउन खटिरहेको प्रहरीले जनाएको छ । सो पुर्ननिर्माण तथा पुनःसजावटपछि इइाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु आएर बस्न र सेवा सुचारु गर्न तयार रहेका छन् । तिलोत्तमा गाइजले विभिन्न संघ–संस्थाको सहयोग तथा आफ्नै सहयोगमा सो मर्मतसम्भारको काम गरेको के.सी.ले बताउनुभयो ।