२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

आइतवार , बैशाख ५, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • धनकुटा, ५ वैशाख । 
    धनकुटाको महालक्ष्मी नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । मोबाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज प्रबाह हुँदा करेन्ट लागेर स्थानीय चन्द्र बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । 

    घाइते भएकाहरुलाई टिभिको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेहरुको नजिकको अस्पतालमा उपचार भइरहेको छ । चानुवा क्षेत्रमा दुई दिनदेखि बत्ती नभएको र बत्ती आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । 

    हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोबाइल, टिभी लगायतका सामाग्रीमा जलेर क्षति पुगेको छ । त्यो ठाउँमा कसरी हाइभोल्टेज विद्युत प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख दिपक सापकोटोले जानकारी दिए । लामो समयपछि विद्युत आएकोले एक्कासी हाईभोल्टेज विद्युत प्रवाह भएको हुन सक्ने अनुमान गरिएको छ ।