२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

तिलोत्तमा बुद्धज्योति लायन्स क्लबमा नयाँ नेतृत्व

आइतवार , बैशाख ५, २०७८


बुटवल, ५ वैशाख । 
तिलोत्तमा बुद्धज्योति लायन्स क्लबको चौथो वार्षिक अधिवेशनले वर्ष २०२१–२२ का लागि नयां कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा केशरबहादुर थापा (विष्णु) सहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचत गरेको हो । 
क्लबको प्रथम उपाध्यक्षमा गंगाराज सापकोटा, द्वितीय उपाध्यक्षमा देवबहादुर कुंवर, तृतीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी, सचिवमा विनोद भण्डारी, क्लब एड्मिनिस्ट्रेटरमा उपेन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा शोभाखर सुनार, सह–सचिवमा करन राना र सह–कोषाध्यक्षमा हुतराज शर्मा निर्वाचित भएका छन् । 
त्यस्तै मेम्बरसीप चेयर पर्सनमा राजेन्द्रप्रसाद शर्मा, एलसीआईएफ कोर्डिनेटरमा हिरा गिरी, क्लब सर्भिस चेयर पर्सनमा बसन्त पाण्डे, क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा र टेल टुइस्टरमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् । 
त्यस्तै क्लबको निर्देशकहरुमा मेख कुंवर, हिरा यादव, केशवरज पौडेल, दीपक अर्याल र आदर्श ज्ञवाली रहेका छन् । सो अवसरमा क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्का, पुर्व अध्यक्ष ज्ञानेन्द्र पोखरेल, निवर्तमान अध्यक्ष नारायण पाण्डले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै सामाजिक सेवाका विविध क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिएका थिए । 
सो अवसरमा क्लबको नयाँ सदस्यका रुपमा टोपबहादुर पौडेललाई स्वागत गरिएको थियो । क्लबले स्थापनाको दोस्रो वर्षमै योगिकुटीमा २० लाख रुपैयाँ लगानीमा लायन्स स्मार्ट पार्क निर्माण गरेको थियो ।