२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

जेन–जी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम

बुधवार , आश्विन १, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौं, १ असोज । जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

     २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका घाइतेहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताउनु भयो ।

    उहाँकाअनुसार बुधवार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । उहाँले उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रह समेत गर्नुभयो । 

    जेन–जी आन्दोलनका मृत्यु हुनेको संख्या ७३ पुगेको छ । सयौं युवाहरु उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत हुनुहुन्छ ।