
बुधवार , आश्विन १, २०८२
बुटवल, १ असोज । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो ।
तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको छ ।
पाल्पा,रूपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने गत रातिदेखि निरन्तर वर्षा जारी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij