२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

जेन—जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

बुधवार , आश्विन १, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • काठमाडौं, १ असोज । जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

    बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो ।

    सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो ।

    सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।