
बुधवार , आश्विन १, २०८२
भैरहवा, १ असोज । तेरापंथ जैन समाज भैरहवाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग र मारवाडी सेवा संघ, भैरहवा, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको संयोजन भैरहवास्थित मारवाडी सेवा संघमा कार्यक्रम गरिएको हो ।
‘हाम्रो रक्त–हाम्रो लागि’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको प्रियंक जैनले जानकारी दिनुभयो ।
तेरापंथले विगत पाँच वर्षदेखि ‘सेवा–संस्कार–संगठन’ को त्रिआयामी उद्देश्यका साथ मानवताका लागि विविध सेवामा काम गर्दै आएको छ । मानवीय सेवा अन्तर्गत रक्तदान गरिएको संस्थाका महासचिव शिव रतन डागाले बताउनुभयो ।
समाजका अध्यक्ष अजय पारखले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त सहीदहरुको सम्झनामा आज राष्ट्रिय बिदा समेत रहेकाले आफूहरुले आयोजना गरेको रक्तदान ती सबै शहीदहरुप्रति समर्पण गरिएको बताउनुभयो ।
रक्तदान कार्यक्रमले रगत अभावमा समस्या भोगिरहेका नेपालीहरुको ज्यान बचाउन सहयोग पुग्ने कार्यक्रम संयोजक रवि पारिखले बताउनुभयो । रक्तदानमा स्थानीय युवाहरु, उद्योगी–व्यवसायीहरुले रक्तदान गरेका थिए । आयोजकले बुधबार नेपालभरी महोत्सवको रूपमा रक्तदान गरिएको जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij