२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त 

आइतवार , बैशाख ५, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौ, ५ वैशाख ।

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । संघीय संसद सचिवालयले एक सूचना जारी गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दल त्याग सम्बन्धी सूचना दिए अनुसार थापाको पद रिक्त भएको हो । यसअघि नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले संसद सचिवालयमा पत्राचार गर्दै थापाले दल त्याग गरेको सुचना उपलब्ध गराएको थियो । वि.सं २०७४ सालको निर्वाचनमा बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित थापाले राजनैतिक दल सम्बन्धी ऐन २०७३ अनुसार दल त्याग गरेको पत्रमा उल्लेख छ । 

    संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षर गरिएको सुचनामा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभामा दलका नेता दिनानाथ शर्माले दल त्याग सम्बन्धी सुचनासहितको पत्र पठाएको जानकारी गराउँदै थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी गराइएको छ ।