२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

पत्रकार कुलमणि ज्ञवालीलाई मातृशोक

आइतवार , बैशाख ५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ५ वैशाख । 
    अग्रज पत्रकार कुलमणि ज्ञवालीलाई मातृशोक परेको छ । गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा प्रकाशित गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिकका सम्पादक ज्ञवालीकी आमा खगेश्वरा ज्ञवालीको ८१ वर्षको उमेरमा आइतबार बिहान ९ बजे सिद्धार्थनगर नगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो । 
    विगत केही समयदेखि अस्वस्थ रहेकी ज्ञवालीको आइतबार भएको निधनप्रति विभिन्न संघ–संस्थाले दुःख व्यक्त गरेका छन् । लुम्बिनी प्रेस क्लब रुपन्देहीेले शोक विज्ञप्ती जारी गर्दै सल्लाहकार ज्ञवालीको आमा खगेश्वराको निधनले क्लब परिवार स्तब्ध भएको जनाएको छ ।

    क्लबका महासचिव कमल रायमाझीद्घारा जारी विज्ञप्तीमा भनिएको छ, ‘शोकको यस घडीमा मृतक आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।’

    त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्य कुलमणि ज्ञवालीकी आमा खगेश्वरा ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’