२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज २ बजे बस्दै 

आइतवार , बैशाख ५, २०७८

काठमाडौ, ५ वैशाख ।

पछिल्लो राजनैतिक घटनाक्रमलाई लिएर पार्टीको धारणा निर्माण गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा १४ औं महाधिवेशन र सत्ता समिकरणको विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसअघि चैत २७ गते र ३० गतेका लागि डाकिएको बैठक दुई पटक स्थगित भइसकेको छ । गत २७ गते सभापति शेरबहादुर देउवा निवासमा सत्ता समिकरण र नयाँ सरकारको नेतृत्व लिनेबारे अचानक नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा)सहित तीन दलको बैठक डाकिएकोले केन्द्रीय समिति बैठक रोकिएको थियो ।

स्थगित बैठक ३० गतेका लागि तोकिएको थियो । उक्त दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृ शोक परेकाले बैठक स्थगित भएको थियो । आजको बैठकले सत्ता समिकरण र नयाँ सरकार गठनबारे पार्टीको आधिकारिक धारणा बनाउने अपेक्षा गरिएको छ ।