
आइतवार , बैशाख ५, २०७८
काठमाडौं, ५ बैशाख।
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन्।
माओबादीले समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता गरेमा मात्र काँग्रेसले अग्रसरता देखाउने बताउदै सभापति देउवाले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले के हुन्छ भन्न नसकिने पनि उल्लेख गरेका छन्।
सभापति देउवाले भने– ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबीच द्वन्द्व छ । तर, अहिलेसम्म माओवादीले समर्थन फिर्ता लिएको छैन ? उनले प्रतिप्रश्न गरे।
नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’को बुढानिलकण्ठमा लोकार्पण गर्दै देउवाले सो कुरा बताएका हुन्। २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए।
कुल ५ सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij