२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

घर जलाइएपछि काँग्रेस नेता शशांकको गुनासो : मैले के गल्ति गरेको थिएँ ?

शुक्रवार , आश्विन ३, २०८२

  • 382
    Shares
  • 382
    Shares
  • काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गर्नुभएको छ ।

    संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँ जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गर्नुभएको हो । उहाँले वास्तविक जेन–जी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको उहाँको भनाइ छ । 

    उहाँले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताउनु भयो । उहाँले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको  भएपनि घर जलाइएको आपत्ति जनाउनु भयो । 

    उहाँले भन्नुभयो, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरु मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ ।

    जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरु आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो ।

    उनीहरुले तीन वटा कुराहरु उठाए । सुशासन, भ्रष्टाचार र  सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरुले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिए ? थाहा छैन ।

      चार चोटि जिते मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

    उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।