२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ द्वारा रक्तदान

शनिवार , आश्विन ४, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ४ असोज । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ ले बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा ४० यूनिट रगत संकलन भएको एरिया–५ का एरिया चिफ कोर्डिनेटर प्रशान्त मणि रामदामले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो । उहाँले चाडपर्वको अवसरमा यस्तै रचनात्मक खालका कार्यक्रम गर्न सकिने बताउनुभयो ।

    IMG_3849.JPG
    \

    कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थी लगायतले बोल्नुभएको थियो ।

    एरिया चिफ कोर्डिनेटर प्रशान्त मणि रामदामको अध्यक्षता, को–चिफ राकेश गुरुङको स्वागत तथा सचिव श्रवण थापा खाम्चाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, लायन्सका अगुवाहरु विनोद खरेल, ओम कुमार श्रेष्ठ, अर्चित श्रेष्ठ, संगम न्यौपाने लगायतको आतिथ्यता थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले प्राविधिक सहयोग गरेको थियो ।