२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

तिलोत्तमा व्यापार संघद्वारा मंगलापुर प्रहरीलाई दराज हस्तान्तरण

शनिवार , आश्विन ४, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • तिलोत्तमा, ४ असोज । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी हुँदा भएको क्षतिपछि तिलोत्तमा व्यापार संघले कार्यालय सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले दराज सहयोग गरेको छ। संघको भदौ २६ गते सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार मंगलपुर प्रहरी कार्यालयलाई दराज हस्तान्तरण गरिएको हो ।

    संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने र संस्थापक अध्यक्ष जेपी कंडेलको उपस्थितिमा दराज हस्तान्तरण गरिएको हो । कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको पनि सहभागीता थियो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले समाज र सुरक्षा निकायबीच सहकार्य आवश्यक हुने भन्दै प्रहरी कार्यालयमा भएको क्षतिको पुनःस्थापना आफूहरुको दायित्वको एक हिस्सा हो भन्ने महसुस गरेर यो सहयोग गरेको बताउनुभयो ।

    त्यसै गरी संस्थापक अध्यक्ष जेपी कंडेलले व्यापारिक क्षेत्र र शान्ति सुरक्षाबीचको सम्बन्ध मजबुत हुनुपर्नेमा जोड दिदै यस्तो क्षणमा सानो सहयोगले पनि ठूलो सन्देश दिन सक्ने बताउनुभयो ।

    तिलोत्तमा व्यापार संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।