२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा विभिन्न निर्णय

आइतवार , बैशाख ५, २०७८

बुटवल, ५ वैशाख ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको एघारौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको प्रथम बैठकले विभिन्न निर्णय गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता तथा निवर्तमान अध्यक्ष यानेन्द्र जिसिको उपस्थितिमा बसेको बैठकले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन समिति, पत्रकार सम्बद्ध संघ-संगठन, सुरक्षाकर्मी एंव विभिन्न संघ–संस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । सचिव विनोद परियारले एक प्रेस विज्ञप्ती जारी गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

महासंघको नवनिर्वाचित कार्यसमितिले आगामी कार्ययोजना निर्माणका लागि महासंघका पूर्वअध्यक्ष, पूर्व पदाधिकारी, प्रेस स्वतन्त्रता सेनानी, अग्रज पत्रकार तथा पत्रकार सम्बद्ध संगठनका अध्यक्षहरुसंग सुझाव संकलन गर्ने गरी यही वैशाख ११ गते अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसै गरी २०७८ सालको क्यालेण्डर तथा डाइरेक्ट्री प्रकाशन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकार कुलमणि ज्ञवालीकी ममतामयी माता ८१ वर्षिय खगेश्वरा ज्ञवालीको आइतबार निधन भएकोमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा मृतक स्व. माताप्रती श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ । त्यसै गरी प्रथम बैठकले संस्थागत कामका लागि सचिवालय गठन तथा अन्य प्रशासनिक निर्णय समेत गरेको छ ।