२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

आइतवार , बैशाख ५, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल, ५ वैशाख ।
    पाणिनी-५, मैदान अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा आयोजित एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन गरिएको छ ।

    क्यालेन्डरमा अर्घाखाँची जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्वीकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

    सो अवसरमा अर्घाखाँची जन्म भई रुपन्देही बसोबास गर्दै आएका रामप्रसाद घिमिरे, मीन प्रसाद घिमिरे, राजन अधिकारी, तुलसीराम घिमिरे, रोमनाथ घिमिरे लगाएतले शुभकामना व्यक्त गरेका थिए । समाजका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा सचिव कृष्ण बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।