२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

रुपन्देही जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः दिपेन्द्र बुढापृति

आइतवार , आश्विन ५, २०८२

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, ५ असोज । रुपन्देही जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिपेन्द्र बुढापृति पुनः निर्वाचित हुनुभएको छ । शनिबार भैरहवामा सम्पन्न जिल्ला अधिवेशनले बुढापृतिलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा ओमप्रकाश थापा, कोषाध्यक्षमा सुशान्त पाण्डे, सदस्यमा अन्तिमा पाण्डेय, राजेश सहानी, राकेश यादव, नवराज बस्नेत र कृष्ण लामटाङ्गेलाई निर्वाचित गरेको छ ।

    जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–१३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले खेलकुद क्षेत्रले जिल्लाको पहिचान बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले संघले अनुशासित खेलाडी उत्पादन गर्दै जिल्लाको गौरव बढाउने काम गर्दै बताउनुभयो ।

    नवनिर्वाचित अध्यक्ष दिपेन्द्र बुढापृतिले खेलकुदलाई व्यवस्थित, अनुशासित र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तेक्वान्दो रुपन्देहीको गौरवपूर्ण खेल भएको उल्लेख गर्दै आफूले संघलाई सबैको साथ र सहकार्यमा अझै प्रभावकारी बनाउने बताउनुभयो ।

    जिल्ला उपाध्यक्ष ओमप्रकाश थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कोशिष बहादुर खड्का, लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष दिपेन्द्र मान श्रेष्ठ, सिद्धार्थनगर–१२ का जनप्रतिनिधि समिर थापा लगायतले बोल्दै खेलकुद क्षेत्रलाई अझ सबल बनाउनुपर्नेमा जोड दिनुभयो । 

    जिल्ला सचिव राकेश यादवको सञ्चालनमा सम्पन्न अधिवेशन प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप कुमार यादव, अधिवक्ता पुष्पा लक्ष्मी श्रेष्ठ तथा अधिवक्ता सुनिल कुमार त्रिपाठी रहेको तीन सदस्यीय निर्वाचन मण्डलले सम्पन्न गराएको थियो । 

    उद्घाटन सत्रमा लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष पराग दास गोर्खाली, जिल्ला तेक्वान्दो संघका सल्लाहकार ओम श्रेष्ठ, प्रकाश बहादुर खड्का, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, फुटबलका पूर्व राष्ट्रिय खेलाडी कमल जिसी, बेलहिया गाउँ समाजका पूर्वअध्यक्ष मोहन सिंह शाही, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जिल्ला अवस्थित विभिन्न डोजाङका प्रमुख, साधारणसभा सदस्य तथा विशिष्ट व्यक्तित्वहरूको सहभागीता थियो ।