२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

नेपाल स्वयंसेवी रक्तदाता समाज पश्चिम नवलपरासीको आयोजनामा रक्तदान

सोमवार , आश्विन ६, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • परासी, ६ असोज । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । 

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा, पाल्ही क्याम्पस, रामग्राम जेसीज, रामग्राम महिला जेसीज, दैनिक ट्वान्टीफोर खबर डटकम र एभरग्रीन अस्पताल परासीको सह-आयोजना रहेको थियो । 
    कार्यक्रममा सम्बोधन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले सबैभन्दा ठूलो दान नै रक्तदान भएको बताउँदै रक्तदान गर्दा कसैको जीवन बच्ने मात्र नभइ रक्तदान गर्ने व्यक्ति पनि स्वस्थ हुने बताउनुभयो । 

    उहाँले प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै अध्यक्ष अग्रहरीले जिल्लामा रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित स्थापित स्वयंसेवी रक्तदाता समाजको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

    नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले पछिल्लो समय रगत अभाव बढ्दै गएको तर रक्तदान गर्नुपर्छ भन्ने चेतना भएर पनि रक्तदान गर्न हिच्कीच्याउने गरिएको बताउँदै रक्तदान गर्दा कमजोरी हुने वा विरामी भइन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । जिल्लामा रगत आपूर्तिलाई सहज बनाउन रेडक्रसको सहयोगी संस्थाको रुपमा रक्तदाता समाजले रगत व्यवस्थापनमा भूमिका खेल्ने अध्यक्ष पौडेलले बताउनुभयो । 

    रक्तदाता समाजले विशेष गरी जिल्लाका ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धि सचेतना फैलाउने र ग्रामीण क्षेत्रमै रक्तदानका कार्यक्रम आयोजना गरी रक्तदान गर्न प्रेरित गर्दै अगाडि बढीरहेको उहाँले बताउनुभयो । 
    कार्यक्रममा पाल्ही बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम पाठक, क्याम्पस प्रमुख दीपक अर्याल, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसी, नेपाल लेखापढी कानून व्यवसायी

    एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री, रक्तदाता समाजका सल्लाहकार राजेश कुमार गुप्त, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष श्याम बस्याल, रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, स्वतन्त्र विद्यार्थी यूनियन पाल्ही क्याम्पसका सभापति निरज धवल लगायतले शुभकामना व्यक्त गर्नुभएको रक्तदाता समाजकी जिल्ला सचिव पुष्पा लामाले जानकारी दिनुभयो।