२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बादल संविधानको धारा ७८ को उपधारा (१) बमोजिम पुन : गृहमन्त्रीमा नियुक्त

आइतवार , बैशाख ५, २०७८

काठमाडौं, ५ वैशाख ।

राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा (बादल) नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता बादललाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट वि.संं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित भएका थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गराएको थियो ।

थापाले दल त्याग गरेको भनी संघीय संसद सचिवालयले आइतबार सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वतः मुक्त भएका थिए । अहिले सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार थापा मन्त्री नियुक्त भएका हुन् ।