२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

रेडक्रस रुपन्देहीद्वारा खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण

सोमवार , आश्विन ६, २०८२

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, ६ असोज । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रेडक्रस रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयमा सोमबार अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

    सामाजिक सेवा दिवसको अवसरमा प्रत्येक वर्षझै यस वर्ष पनि विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको रेडक्रस रुपन्देहीका जिल्ला सदस्य केशव कुमार उपाध्यायले बताउनुभयो । 

    रेडक्रस रुपन्देहीका उपसभापति रुपमा कुमारी हिराचनको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको प्रमुख आतिथ्यता, रेडक्रसका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, राकेश गुरुङ, विद्यालयकी प्रधानाध्यापक युवकला पाण्डे लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-09-22 at 3.09.43 PM.jpeg

    जिल्ला सदस्य केशव कुमार उपाध्यायको स्वागत तथा रेडक्रसकी अधिकृत सुष्मा खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपालमा सामाजिक सेवा दिवस प्रत्येक वर्ष असोज ६ गते मनाइन्छ ।