
सोमवार , बैशाख ६, २०७८
काठमाडौं, ६ वैशाख ।
नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको खेल हुँदैछ । वरियता क्रममा १५औं नम्बरमा रहेको नेपालले ३१ औं स्थानमा रहेको मलेसियासँग आजको खेल खेल्दैछ ।
यसअघि नेपाल र नेदरल्याड्सबीच भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई ९ विकेटले पराजित गर्दै सानदार जीत हासिल गरेको थियो । नेपालले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै आजको खेल पनि हात पार्ने दाउमा छ ।
नेदरल्याण्ड्सले मलेसियाबीच भएको हिजोको खेलमा भने नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । मलेसियासँगको खेलमा नेपालको प्रदर्शन अहिलेसम्म बलियो नै सावित भएको छ ।
कोरोना कहरकाबीच तीन देशका टिमबीच भएको त्रिकोणात्मक क्रिकेट खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चासोका साथ हेरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij