२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

विश्व शान्ति दिवसको अवसरमा दीप प्रज्वलन

मंगलवार , आश्विन ७, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ७ असोज । विश्व शान्ति दिवसको अवसरमा इनरव्हील क्लब अफ लुम्बिनीले दीप प्रज्वलन कार्यक्रम गरेको छ । क्लबले आइतबार रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा उक्त कार्यक्रम गरेको हो ।
    देशको लागि अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरु सम्झनामा विशेष दीप प्रज्वलन गरिएको क्लबकी अध्यक्ष नारायणी नेपालले बताउनुभयो ।

    कार्यक्रममा क्लबको निवर्तमान अध्यक्ष बिना भण्डारी, पूर्वअध्यक्षहरू बिना अग्रवाल, सीता भट्टराई, रचना क्षेत्री, मिना नेपाल पन्थी, उपाध्यक्ष कोपिला मरासिनी, सचिव कमला भट्टराई, कोषाध्यक्ष बिनिता नेपाल, आई.एस.ओ. अर्चना मल्ल, सम्पादक मनु भुर्तेल, सह–सचिव पवित्रा पन्थी आचार्य, सह–कोषाध्यक्ष सुनिता आचार्य, बोर्ड सदस्य अनिता चौधरी, सदस्यहरू पुजा गुरुङ र ज्ञानु पुन सेन लगायतको उपस्थिति थियो ।

    कार्यक्रमको संयोजन निवर्तमान अध्यक्ष बिना भण्डारीले गर्नुभएको थियो ।