२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

पौडी खेल्न गएका हेमन्त शर्माको तिनाउमा डुबेर मृत्यु

सोमवार , बैशाख ६, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल, ६ वैशाख । 
    तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर बुटवलका युवा हेमन्त शर्माको मृत्यू भएको छ । शनिबार पौडी खेल्ने क्रममा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–२ स्थित सिद्धबाबा नजिक खोलामा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार चार जना साथीसँगै पौडी खेल्न गएका बुटवल ९ तिनकुने बस्ने २२ बर्षिय शर्माको करिब ४ बजेतिर निधन भएको हो । पौडी खेल्न गएकामध्ये पौडिन नजानेका तीन जना डुबेको र जानेका एकजनाले उद्धार गर्दा गर्दै एक जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । 

    अन्य साथीहरुलाई उद्धार गर्दा गर्दै शर्माको ज्यान गएको उनका उद्धारकर्मी साथीले बताएको गोलपार्क प्रहरी चौकीका सहायक निरिक्षक हिरा बहादुर महतले जानकारी दिए । शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।