२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

एटीएम मेसिन तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

बुधवार , आश्विन ८, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ८ असोज । एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ पर्सा बस्ने २५ वर्षिय सुरज चौधरी र वडा नम्बर २ श्रीनगर बस्ने २२ वर्षिय बिन्दु बानिया रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार असोज ६ गते सोमबार रोहिणी गाउँपालिका–३ धकधईस्थित शाईन रेसुंगा डेभलपमेण्ट बैंकको शाखामा रहेको मेसिन तोडफोड भएको प्रहरीलाई सूचना प्राप्त भएको थियो ।

    सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय धकधईबाट प्रहरी टोली खटिएको र उक्त एटीएम मेसिन तोडफोड कार्यमा संलग्न व्यक्तिहरुको खोतलास एवं अनुसन्धानका क्रममा दुईजनालाई नियन्त्रणमा लिइएको डीएसपी कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।