बुधवार , आश्विन ८, २०८२
काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेट लगत्तै बुधवार (अपरान्ह सो अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको उल्लेख गरिएको छ ।
जेनजी आन्दोलनको जगमा बनेको वर्तमान अन्तिम सरकारलाई आगामी फागुन २१ गते निर्वाचन गराउने म्याण्डेट छ ।
सोही म्याण्डेटअनुसार निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्नका लागि सरकारले सो विधेयक जारी गर्नका लागि राष्ट्रपति पौडेल समक्ष सो अध्यादेश सिफारिस गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij