
सोमवार , बैशाख ६, २०७८
बुटवल। लुम्बिनी प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजिनामा दिएका हुन्। माओवादी केन्द्रबाट मन्त्री भएका उनीहरुले सोमबार राजिनामा दिएका हुन।
मन्त्रीद्धय केसी र बरालले सम्युक्त रुपमा राजीनामा दिएका छन्। संयुक्त राजिनामा पत्रमा केसी र बरालले मुख्यमन्त्रीसँग हार्दिकताको सम्बन्ध भएपनि प्रधानमन्त्रीबाट कम्युनिष्ट आन्दोलन एकिकरण र जनभावना विपरितका कदम चालेकाले सरकारमा बस्न नमिलेको बताएका छन्।
माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij