२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

लुम्बिनी प्रदेशमा जसपाका चार सांसद मन्त्री बन्दै, सपथग्रहण हुँदै

सोमवार , बैशाख ६, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, ६ वैशाख ।

    लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का चार जना सांसद मन्त्री बन्ने भएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका जसपाका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।

    नेकपा (माओवादी केन्द्र) का सांसद रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद के.सी. र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएपछि रिक्त उक्त मन्त्रालयहरुमा जसपाका सांसदहरु मन्त्री बन्ने भएका हुन ।

    जसपाबाट विजय यादव, सन्तोष कुमार पाण्डेय, कल्पना पाण्डेय र सुमन रायमाझी मन्त्री बन्ने भएका हुन् । अविश्वासको प्रस्तावमा सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन् । सपथग्रहणका लागि सांसदहरु प्रदेश प्रमुख कार्यालयको कार्यालयमा पुगिसकेका छन् ।