२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

सन्तोष पाण्डेय बने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री

कृषिमन्त्रीमा यादव, शिक्षा तथा सामाजिक विकासमा कल्पना

सोमवार , बैशाख ६, २०७८

  • 7.9K
    Shares
  • 7.9K
    Shares
  • बुटवल, ६ वैशाख ।
    लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सन्तोष कुमार पाण्डेयले पाएका छन् । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक पाण्डेयले उक्त मन्त्रालयको जिम्मेवार पाएका छन् । उनी रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

    त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय बहादुर यादव र शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कल्पना पाण्डेले पाएका छन् । त्यस्तै सुमन शर्मा रायमाझीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    नवनियुक्त मन्त्रीहरुलाई सोमबार लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहण गराए।  

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका जसपाका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागि भएका छन् । अविश्वासको प्रस्तावमा सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन् ।