२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेपाल सुपर लिगमा बुटवल लुम्बिनी फुटबल क्लब सहभागि हुँदै

सोमवार , बैशाख ६, २०७८

भैरहवा, ६ वैशाख ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि.ले यही वैशाख ११ गतेदेखि खेल काठमाण्डौंमा सञ्चालन हुने गरी आयोजना गरेको नेपाल सुपर लिगमा बुटवल लुम्बिनी फुटबल क्लब सहभागि हुने भएको छ । ७ वटा टिमको सहभागिता रहने उक्त लिगमा बुटवल लुम्बिनी फुटबल क्लब (बीएलएफसी) सहभागि हुने क्लबले सोमबार तिलोत्तमाको मणिग्राममा पत्रकार सम्मेलन आयोजना जानकारी गराएको छ ।

क्लबको तर्फबाट सम्पूर्ण खेलप्रेमी दर्शकहरुको मन जितेर उत्कृष्ट खेल प्रदर्शन गर्न टिम प्रशिक्षकमा सनोज श्रेष्ठ, टिम निर्देशकमा राजु काजी शाक्य लगायत खेलाडीहरुलाई छनौट गरिसकिएको बीएलएफसीका अध्यक्ष राज कुमार तिमिल्सिनाले बताए । उनले यो क्लब कुनै व्यवसायिक घराना वा समूहको नभएकोले नेपालको इतिहासमै पहिलो पटक हुन लागेको व्यवसायिक खेलकुद प्रबद्र्धनमा हातेमालो गर्दै सहभागि हुन र सहयोग गर्न आग्रह गरे । 

टिम निर्देशक तथा क्लबका जनरल म्यानेजर राजु काजी शाक्यले लिगमा सहभागि हुन पाउँदा प्रशिक्षकलाई उत्साहित बनाएको बताए । उनले जित्नको लागि क्लबले मिहिनेत गरिरहेको र जित्छौं भन्ने विश्वास रहेको बताए ।