२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अविश्वासको प्रस्ताव दर्तापछि मुख्यमन्त्री पोखरेलले पुनर्गठन गरे मन्त्रिपरिषद्

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना बने मन्त्री  

सोमवार , बैशाख ६, २०७८

बुटवल, ६ वैशाख ।
लुम्बिनी प्रदेशको प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार गरेका छन् ।  पोखरेलले थप गरेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन् ।  

प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई मन्त्रीको रूपमा सपथ ग्रहण गराएका हुन् । सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पना शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सपथ लिए । सुमन शर्मा रायमाझी भने राज्यमन्त्री हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्रीले सपथ ग्रहण गराए ।  

सोमबार नेकपा (माओवादी केन्द्र) का कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका थिए । आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षर सहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।