२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशमा मन्त्री बनेका सांसदसंग जसपाले माग्यो स्पष्टीकरण

सोमवार , बैशाख ६, २०७८

बुटवल, ६ बैशाख । 
जनता समाजवादी पार्टी नेपाल (जसपा) का ६ जना प्रदेशसभा सदस्यमध्ये ४ जना प्रदेश सरकारमा मन्त्री बनेपछि जसपाले २४ घण्टे स्पष्टीकरण मागेको छ । मन्त्री पदको सपथ लिएका ४ नेतालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले आफ्नो पार्टीले सरकारमा जाने कुनै निर्णय नगरेको बताएका छन् ।संसदीय दलको निर्णय अनुसार मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइएको कुरा उल्लेख गर्दै नेता यादवले सरकारमा मन्त्री हुन गएका चारै जनालाई फिर्ता बोलाउने निर्णय भएको बताए । 

पार्टीले तत्काल सरकारबाट हट्न र पार्टी निर्णय मान्न ह्वीप जारी गर्ने र ह्वीप उल्लंघन गरेका कारवाही गर्ने उनले चेतावनी समेत दिए । यस्तै जसपाकै प्रदेशसभा सदस्य पुर्मती ढेंगा मगरले पनि पार्टी निर्णय अनुसार अविश्वासको प्रस्तावमा गएको तर केही सदस्यहरुले धोका दिएर पार्टी निर्णयविपरीत सरकारमा गएको टिप्पणी गरिन् ।175305087_3894295580647399_4985195687441310856_n.jpg

त्यस्तै जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री पदको सपथ लिएका विजय बहादुर यादव, सन्तोष कुमार पाण्डेय, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीसंग स्पष्टीकरण माग गरेका छन् । 

‘यथाशिघ्र सरकारबाट राजीनामा दिइ चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई सांसद पद नरहने गरी कारवाहीका लागि सम्पूर्ण कानूनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्पूर्ण पार्टी पंक्तिमा जानकारी गराइन्छ, ’विज्ञप्तीमा उल्लेख छ ।received_117534750334034.jpeg