२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लायन्स सिद्धार्थनगर युथद्वारा खाना खुवाउने तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम

शनिवार , आश्विन १८, २०८२

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १८ असोज । लायन्स क्लब अफ सिद्धार्थनगर युथले खाना खुवाउने तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित श्री दुर्गा संस्कृत वेद वेदाङ विद्यापीठमा उक्त कार्यक्रम गरेको हो । 

    क्लबका सदस्य अनुज खत्रीको जन्मोत्सवको अवसर पारेर विद्यापीठमा एक छाक खानावापत रु. ११ हजार नगद हस्तान्तरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका कार्यबाहक अध्यक्ष सचिन्द्र तुलाधरले बताउनुभयो । जन्मदिनको अवसरमा केही भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएकोले सचेतना कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका एलसीआईएफ कोर्डिनेटर तथा लायन्स सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठको प्रमुख आतिथ्यता, डिष्ट्रिक डेपुटी चिफ असिम सैंजु, जीएसटी अनित गुप्ता, लायन्स सिद्धार्थनगर युथका कोषाध्यक्ष विरेन्द्र ज्ञवाली, शिक्षक ज्ञानेन्द्र पाण्डेय लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    2.jpg

    कार्यक्रम संयोजक अनुज खत्रीको स्वागत तथा क्लबका सचिव विराट गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।