२०८२, कार्तिक ११ गते

Oct 28 2025 | २०८२, कार्तिक ११ गते

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छ : मन्त्री घिसिङ

आइतवार , आश्विन १९, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • काठमाडौं, १९ असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताउनुभएको छ ।

    बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गर्नु   भयो।

    उहाँले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताउनु भयो । मन्त्री घिसिङले भन्नुभयो,‘हामी तत्काल अवरुड सडक खोल्नेतिर अगाडि बढछौं । अब मौसम पनि नेपालबाट बाहिरिदैछ । भोलीसम्ममा मौसम पनि क्लिएर हुन्छ भन्ने छ । अब हामी विस्तारै सडकहरु खोल्नेतिर हामी लाग्छौं ।

    पूर्वको सडकहरुमा बढी क्षति भएको छ। विशेष गरेर यो नेपालथोकको सडकलाई पनि हामी तत्कालनै शुरु गरिसकेका छौं विहानदेखि नै । अवरुद्ध ती सडकहरु ३—४ दिन अघि नै खोल्ने गरी इक्वीपमेन्टहरु मोविलाईज गर्ने र बैकल्पिक बाटोहरुलाई पनि सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ ।

    बैकल्पिक बाटोहरु प्रयोग गर्न पनि म अनुरोध गर्दछु केही समयलाई । र यो सडक सञ्जालहरुमा भएको जति पनि क्षतिहरु छन् । त्यसलाई हामी छिटो भन्दा छिटो अगाडि बढाउँछौं ।

    र, बेलीब्रिजहरु केही क्षति भएको छ। त्यसका लागि बेलिब्रिज हामी तत्काल नै जडान गर्नेतिर काम अगाढि बढाउँछौं । र देशभरकै सडकलाई छिटो भन्दा छिटो सुचारु गराउने गरी अगाडि बढछौं ।’

    मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताउनु भयो ।