
सोमवार , बैशाख ६, २०७८
बैशाख ६, नवलपरासी। नेपाल विद्यार्थी संघको ५२ औ स्थापना दिवसको अवसरमा नेविसंघ पश्चिम नवलपरासीले खाद्यान्न सामाग्री वितरण गरि आफ्नो स्थापना दिवस मनाएको छ।
रामग्राम स्थित आदर्श माध्यमिक विद्यालयमा अध्यनरत दृष्टि बिहिन स्रोत कक्षाका विधार्थिहरुलाई खाधान्न तथा फलफुल वितरण गरेर नेविसंघले स्थापना दिवस मनाएको हो।
नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति राजन भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको खाद्यान्न वितरण कार्यक्रममा बिशिष्ट अतिथिमा आदर्श माविका प्रधानाध्यापक अर्बिन्द पाठक, विद्यालय संचालक समिति सदस्य एवं रामग्राम ५ का वडा सदस्य ओम् प्रकाश गुप्ता रहनुभएको थियो।
विद्यार्थी नेता अर्जुन पौडेलको सयोजकत्व तथा नेविसंघका जिल्ला नेता बिकास घिमिरेको सहसयोजकत्वमा सञ्चालित सो कार्यक्रममा विद्यार्थी नेता कमल बस्यालले स्वागत मन्तव्य राखेका थिए।
बिधार्थी नेता, बबिता बस्याल, धिरज हलुवाई, देव लोहनिया, ईमामुल अलि, परिवर्तन भट्टराई लगाएत उपस्थित भएको कार्यक्रमको सञ्चालन नेबि सघं जिल्ला सचिव कमला रानाले गर्नुभएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij