२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भुवन राणा नेतृत्वको सिद्धार्थ जेसीजद्वारा सिनपा ८ मा कोरोना बीमा 

शुक्रवार , श्रावण ३०, २०७७

भैरहवा, ३० साउन । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरद्वारा मनोनित भुवन राणा नेतृत्वको सिद्धार्थ जेसीजले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का बिपन्न जनताहरुको कोरोना बीमा गरेको छ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा रहेका १ सय जना बिपन्न, रिक्सा चालक तथा दैनिकी ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरुलाई पहिलोपटक कोरोना बीमा गरेको अध्यक्ष भुवन राणाले बताए । उनले यो कार्यक्रम शुरुवात रहेको र यस कार्यक्रमले अन्य संघ संस्थालाई प्रेरणा मिल्ने र दिगो प्रभाव पार्ने विश्वास लिएको जानकारी गराए । 

अध्यक्ष राणाका अनुसार प्रीमियर इन्सुरेन्स कम्पनीबाट १ वर्षको जम्मा ५० हजार रकमको कोरोना बीमा गरिएको छ। कोरोना पोजेटिभ देखिएमा कोरोना पीडितले ५० हजार रुपैयाँ पाउनेछन् ।

बीमालेख हस्तान्तरण कार्यक्रमका बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणाले सिद्धार्थ जेसीजले वडा नम्बर ८ मा राम्रो काम गर्न सफल भएको बताए । 

नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष कमल भण्डारी वडा अध्यक्ष राजनजंग राणालाई बिमा लेख हस्तान्त्रण गरेका थिए ।

कार्यक्रम संयोजक सञ्चीत भट्टराईको संयोजनमा भएको कार्यक्रममा महासचिव हुमाकान्त भुषालले आस्थापाठ गरेका थिए भने तालिम निर्देशक पंकज यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।