२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

निजामती कर्मचारी संगठन देवदह नगर इकाइ समितिमा विष्णु बस्याल

मंगलवार , बैशाख ७, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • देवदह, ७ वैशाख । 
    नेपाल निजामती कर्मचारी संगठन देवदह नगर इकाई समितिमा विष्णु बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
    जसको उपाध्यक्षमा रमेश गिरी, सचिवमा गंगा पन्थी, सह–सचिवमा पिता कुमारी अर्याल, कोषाध्यक्षमा देवीराम भण्डारी सर्वसम्मत रुपमा चयन भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

    त्यसै गरी सदस्यहरुमा सुमन थापा, युवराज मगर, सृजना ओली, ललितकुमार थापा मगर, निरज पौडेल, राममणि अर्याल, सुरेश पौडेल र गिता शर्मा चयन भएको सम्पुर्ण निर्वाचितहरुलाइ नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले यो संगठनले कर्मचारीको हक र हितको लागि काम गरेको बताइन् । कर्मचारीको क्षमता विकासको लागि नगरले सधै अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताइन । ‘म कर्मचारीको हितमा छु जति खुशी बनाइयो त्यति कर्मचारीबाट काम लिन सकिन्छ गुरुङले भनिन् ।’ स्थानी सरकारले सधै कर्मचारीको हितको लागि काम गर्नुपर्ने उपप्रमुख गुरुङले बताइन् ।

    संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारीले सदस्यहरुको वृद्धि र विकास तथा संगठनको हितका लागि संगठनले काम गर्ने बताए । सम्पुर्ण निजामती कर्मचारी एकजुट हुन भण्डारीले आग्रह समेत गरे ।

    देवदह नगर इकाई समिति गठनका अतिथि नेकपा एमाले देवदहका नगरपालिका अध्यक्ष प्रकाश अर्याल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे लगायतले मन्तव्य राखेका थिए ।