मंगलवार , आश्विन २१, २०८२
काठमाडौं, २१ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।
मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेको हो ।
तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूह परिसर आएको अखिलले बताएको छ । भदौ २४ मा जेन—जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij