२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

जसपा नेपाल रुपन्देहीको शुभकामना आदानप्रदान तथा विस्तारित बैठक सम्पन्न

शनिवार , आश्विन २५, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २५ असोज । जनता समाजवादी पार्टी (जसपा), नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा विस्तारित बैठक शनिबार भैरहवामा सम्पन्न गरेको छ । दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै नियमित बैठक पनि गरिएको पार्टीको जिल्ला अध्यक्ष सियाराम यादवले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङ, विशिष्ट अतिथि केन्द्रीय सदस्य निलम यादव, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादव, लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवट, गौतम यादव लगायतले पार्टीलाई अझ मजबुत बनाउनका लागि खट्न नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँहरुले मुलुकमा अब शान्ति र राजनीतिक स्थायीत्व कायम हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीले उठाएका आएका मागहरु सम्बोधन गर्नका लागि संविधान संशोधन हुनुपर्ने कुरा समयक्रमसँगै प्रमाणित हुँदै गएको उहाँहरुको दावी छ ।

    जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बैठकमा पालिकाका अध्यक्ष तथा इञ्चार्जहरुले स्थानीयस्तरमा भइरहेका पार्टीका गतिविधिहरुबारे जानकारी गराएका थिए ।