२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

ड्रोन आक्रमणबाट ५७ जना सर्वसाधारणको मृत्यु भयो : सुडान

आइतवार , आश्विन २६, २०८२

  • 37
    Shares
  • 37
    Shares
  • काठमाडौं, २६ असोज । सुडानी सरकारले शनिवार पश्चिमी सुडानी शहर एल फाशेरमा रहेको अस्थायी आश्रयमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा ५७ जना सर्वसाधारणको मृत्यु भएको रिपोर्ट गरेको छ ।

    एल फाशेरमा विस्थापित व्यक्ति र सर्वसाधारणको सामूहिक विनाश गर्ने उद्देश्यले गरिएको आफ्नो जारी योजनाको एक भागको रूपमा आतंकवादी मिलिशियाले एल फाशेरको दार अल–अरकाम आश्रयमा अर्को नरसंहार गरेको सुडानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

    विज्ञप्तिअनुसार मृत्यु हुनेमा १७ बालबालिका, २२ महिला र १८ वृद्धवृद्धा समावेश छन् । मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई आफ्नो जिम्मेवारी लिन र आरएसएफले एल फाशेरमाथिको घेराबन्दी तुरुन्तै हटाउन र शहरमा आक्रमण रोक्न माग गर्दै आफ्नो प्रश्ताव लागू गर्न आह्वान गरेको छ । मे २०२४ देखि एल फासरमा हिंसात्मक झडपहरू जारी छन् ।