
बुधवार , बैशाख ८, २०७८
महेश यादव
नवलपरासी, ८ वैशाख ।
पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ हरपुरमा लागुपदार्थन्यूनीकरणका लागि अभिभावक तथा स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रगति किशोर किशोरी सञ्जालको आयोजना तथा एबिसी नेपाल, स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सञ्जालका अध्यक्ष निलज्योति गौडको अध्यक्षता तथा वडा नम्बर २ का वडाअध्यक्ष रामनगिना सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोर किशोरी, अभिभावक तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले ग्रामीण क्षेत्रको व्यक्तिहरुले समुदायमा बढ्दै गएको लागू पदार्थ सेवन गर्ने र गर्न दिनेलाई कारवाहीको दायरामा लैजानका लागि भूमिका खेल्नुपर्ने बताए । उनले खुल्ला सीमा नाकाले गर्दा लागूऔषध ओसारपोसार गरी सेवन गर्न सजिलो भएकोले सीमा नाकामा पनि कडाइ गरी समस्या समाधान गर्न सकिने बताए । .
कार्यक्रममा इलाका प्रहरी चौकी आमानिगंजका प्रमुख बुढाशंकर थारु, एबिसि नेपालका कार्यक्रम सुपरभाइजर राजमन बरई र बन्दना थारु लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij