२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

भैरव युवा क्लब पक्लिहवाद्वारा रक्तदान कार्यक्रम

आइतवार , आश्विन २६, २०८२

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २६ असोज । भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा शनिबार भएको कार्यक्रममा ३६ प्वाइन्ट रगत संकलन भएको क्लबले जनाएको छ ।

    क्लबका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक, युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले क्लबले स्थापनाको छोटो समयमा विभिन्न खेलकुद, सामाजिक, साँस्कृतिक तथा धार्मिक क्रियाकलापका अतिरिक्त रक्तदान जस्तो पवित्र कार्य गरेर रगतको अभाव हुन नदिइ बिरामीको ज्यान जोगाउन महत्वपुर्ण कार्य गरेको बताउनुभयो ।

    कार्यक्रममा रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका सभापति राकेश गुरुङ्ग, आमा समाजका अध्यक्ष तथा वडा सदस्य हरिमाया गुरुङ्ग, सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ्ग, बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, गाउँ समाजका सचिव नन्द बहादुर राना, समाजसेवी तेजेन्द्र गुरुङ्ग, मोहनसिंह शाही, जितेन्द्र गुरुङ्ग, श्याम गुरुङ्ग, श्रद्धा गुरुङ्ग, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवर लगायतको सहभागिता रहेको थियो । 

    रन्जना गुरुङ्गकोे स्वागत तथा क्लबका सचिव सुक बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।