२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार छनौट समिति गठन

आइतवार , आश्विन २६, २०८२

  • 379
    Shares
  • 379
    Shares
  • भैरहवा, २६ असोज । विश्व वातावरण दिवसमा वितरण गरिने यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार छनौट समिति गठन भएको छ । प्रा.डा.गितु गिरीको संयोजकत्वमा गठन समितिमा विजय सागर श्रेष्ठ र कुलमणि ज्ञवाली सदस्य रहनुभएको छ । 

    वातावरण बचाउ आन्दोलन सिद्धार्थनगरका संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटाले २०५४ सालमा स्थापना गर्नुभएको पुरस्कारको राशी २५ हजारको रहेको छ । पुरस्कार विश्व वातावरण दिवस अर्थात जुन ५ मा वितरण गरिदै आइएको सापकोटाले बताउनुभयो । 

    यस वर्ष यस क्षेत्रमा वातावरण सम्बन्धी लेख, रचना, समाचार, कार्यक्रम, अडियो, भिडियो प्रकाशन तथा प्रसारण भएका पत्रकारको २०८२ चैत महिनाभित्रका सामग्रीलाई समावेश गरिने समितिले जनाएको छ ।