
आइतवार , आश्विन २६, २०८२
लुम्बिनी, २६ असोज । लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ । नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको हो ।
लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आइतबार साँझ आयोजित पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक हुनुभएको संयोजक डा.माणिक रत्न शाक्यले जानकारी दिनुभयो ।
शान्ति एवं सुगति पाठ गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनेहरु सुगतीको कामना गरिएको र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको उहाँले बताउनुभयो ।
आन्दोलनपछि देशमा देखिएको अन्यौलताको अवस्थाको अन्त्य एवं दिगो शान्ति र सुरक्षाको कामना समेत गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij