२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

होटल पौवा बुटवलमा सराय नाच सम्पन्न

आइतवार , आश्विन २६, २०८२

  • 427
    Shares
  • 427
    Shares
  • भैरहवा, २६ असोज । होटल पौवा बुटवल, रुपन्देहीले सराय नाच कार्यक्रम आयोजना गरेको छ । बडादशैं–२०८२ को अवसरमा शनिबार साँझ प्रस्तुत गरिएको सरा  नाचको २ हजार बढी दर्शकले अवलोकन गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित श्री कालिका युवा क्लबका कलाकारहरुले सराय नाच प्रस्तुत गरेका हुन् ।

    लुम्बिनी प्रदेशका पहाडी भेगहरू गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, गण्डकी लुम्बिनी प्रदेशको स्याङ्जा लगायतका जिल्लाहरूमा प्रचलित धार्मिक र साँस्कृतिक महत्व बोकेको सराय नाचले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ । कार्यक्रममा नृत्यम कला केन्द्र बुटवलका कलाकारहरुले कौडा, ठूलो नाच, मारुनी नाच लगायतका नाचहरु समेत प्रस्तुत गरेका थिए ।

    होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा प्रसाद भण्डारीले कलाकारहरुलाई माला लगाएर स्वागत गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले नेपालको साँस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउन होटलले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

    प्रा.लि.का उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटल पौवाले आफ्ना विभिन्न शाखामा विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको बताउनुभयो । हाम्रो संस्कृति हामीले बिर्सदा आझेलामा पर्छन, संस्कृति संरक्षण गर्ने प्रयास गरेका छौं, उहाँले भन्नुभयो ।

    होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीले संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि विभिन्न पर्वविशेष कार्यक्रमहरु आयोजना गरिँदै आएको बताउनुभयो । 
    होटल पौवा योगीकुटी शाखाका महाप्रबन्धक प्रकाश पाठकले होटल पौवाले संस्कृतिको संरक्षण गर्न विभिन्न चाडपर्वहरुमा साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

    महोत्सवमा साँस्कृतिक प्रस्तुतिसँगै दर्शकहरुले होटलमा तयार पारिएका पहाडी परम्परागत परिकारहरुको समेत स्वाद लिएका थिए । योगीकुटी शाखाका महाप्रबन्धक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका नेपाली परिकारका स्टलहरूमा राखिएका थिए । आर्थिक मुनाफाभन्दा पनि परम्पराको संरक्षण आफूहरुको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।

    होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १७ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मुलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् ।

    बाँकेको नेपालगन्जमा पाँचतारे होटलको निर्माण कार्य सम्पन्न भइ ब्यान्क्वेट सेवा, फाइन डाइन रेस्टुरेन्ट र नेपाली ब्राण्ड भात भान्सा सञ्चालनमा छन् ।