२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

दैनिकी गुजार्न नसकेपछि माटोको विकल्प खोज्दै कुम्हाल समुदाय

सोमवार , आश्विन २७, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • काठमाडौं, २७ असोज । चाडबाडका बेलामा कुम्हाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ ।

    तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन् । माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटाको भाँडाकुँडा बनाउनदेखि बेच्नमा व्यस्त हुनुहुन्छ ।

    चाडबाडका समयमा माटोका भाँडाकुँडाको कारोबार राम्रो हुने भएकाले कुम्हाल समुदायका व्यक्तिहरुको व्यस्तता बढेको छ । तर माटोको भाँडो बनाउने पेशा लोप हनुका साथै विद्युतीय बल्वले माटोका दियोको स्थान लिन थालेपछि उपेन्द्रलाई चिन्ता लागेको छ ।

    दीपावली, छठ लगायतका पर्वमा माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीको माग बढ्छ । तर कुम्हाल समुदाय भने मेहनतअनुसारको मूल्य नपाएको गुनासो गर्छन् । कुम्हाल पेशामै लागेर घर परिवार चलाउन भने समस्या हुँदै आइरहेको गुनासो गर्छन् ।

    आफ्नो पुख्र्यौली पेशालाई जोगाउँदै माटोबाट निर्माण हुने कलात्मक सामग्रीहरु बनाउँदै आएका कुम्हालहरु माटोबाट बनेका सामग्रीहरु बेचेर घरपरिवार चलाउन नपुगेपछि नभएपछि विकल्प खोज्न थालेका छन् ।

    चाडबाडको समयमा माटाका भाँडाकुँडा राम्रै विक्री हुन्छ तर अन्य समयमा बजार नै नपाउने भएकाले कुम्हाल जातीका युवा पुस्ता भने यो पेशामा लाग्न रुचाउँदैनन् । कुम्हाल जातीलाई चाडबाडमा समेत बढ्दै गरेको आधुनिकताले प्रभावित पारेको छ ।

    विद्युत्तीय बत्ति, बल्ब, झिलीमिलीको अत्याधिक प्रयोगले पनि माटोबाट बनेका दियोहरुको माग पहिलेभन्दा कमी आएको छ ।