
सोमवार , आश्विन २७, २०८२
भैरहवा, २७ असोज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेशको अधिवेशन आगामी कार्तिक २९ र ३० गते हुने भएको छ । सोमबार दाङमा सम्पन्न पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकले कार्तिक २९ र ३० गते रुपन्देहीको भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको जसपा नेपाल प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादवले जानकारी दिनुभयो ।
यसअघि भदौ २५, २६ र २७ गते भैरहवामा तय भएको अधिवेशन जेनजी आन्दोलनका कारण स्थगित भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij