
मंगलवार , आश्विन २८, २०८२
काठमाडौं, २८ असोज । महिलासम्बन्धी विश्वव्यापी नेताहरूको बैठक अक्टोबर १३ देखि १४ सम्म बेइजिङमा चलिरहेको छ ।
बैठकमा भाग लिनुअघि विशेष अन्तर्वार्तामा श्रीलंकाली प्रधानमन्त्री हरिनी अमरासुरियाले विश्वव्यापी प्रगतिमा महिला विकासको महत्वपूर्ण भुमिका र स्रोतहरूमा उनीहरूको समान पहुँचलाई प्रकाश पार्नुभयो ।
विश्वको जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूको रहेको उल्लेख गर्दै कुनैपनि विकासका पहलमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
प्रधानमन्त्रीले महिला र बालबालिकाको विकासको क्षेत्रमा चीन र श्रीलंकाले सहकार्य गर्ने व्यापक सम्भावनाहरूलाई पनि जोड दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij